पार्टीका बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन्।
अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेपछि अवरुद्ध भएको प्रदेश १ को विद्युत सेवा बिहीबारदेखि सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
लगातारको वर्षापछि आएको बाढी पहिरोले सुदूरपश्चिममा ठूलो क्षति पुर्याएपछि त्यहाँको अवस्थाबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश जाने भएका छन्।
सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताएका थिए।
नेकपा एमाले स्थायी कमिटी बैठक बिहीबार बस्ने भएको छ। दिउँसो ३ बजे बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।