शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्‍न प्रधानमन्त्री देउवा सुदूरपश्‍चिम जाने

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्‍न प्रधानमन्त्री देउवा सुदूरपश्‍चिम जाने

लगातारको वर्षापछि आएको बाढी पहिरोले सुदूरपश्‍चिममा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको अवस्थाबारे बुझ्‍न प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश जाने भएका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं-  लगातारको वर्षापछि आएको बाढी पहिरोले सुदूरपश्‍चिममा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको अवस्थाबारे बुझ्‍न प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश जाने भएका छन्। 

कांग्रेस नेता रमेश लेखकले सुदूरपश्चिममा भएको क्षतिबारे बुझ्‍न आफूलाई प्रधानमन्त्रीले बोलाएको र कुराकानीका क्रममा सुदूरपश्चिमको अवस्थाबारे बुझ्‍न आफू त्यहाँ जाने बताएको जानकारी दिए।

उनले बाढीपहिरोले पुर्‍याएको क्षतिबाट प्रधानमन्त्री साह्रै गम्भीर भएको र सुदूरपश्चिम जाने बताएको जानकारी दिएका हुन्। 

आइतबारदेखि लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म देशभर ५० जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: Oct 20, 2021| 16:07 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...