शनिबार, असोज २४, २०८३

प्रचारप्रसार किन मन पराउँदैनन् दयाहाङ राई?

अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन्। उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन्। उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ। फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो। 

दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला। थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन्। तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन्। साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन्। 

आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ। तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन।’ 

उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए। ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन।’

तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन्। ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन्। 

नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन्? यो भने पर्खाइकै विषय छ। यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन्। उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ। मौसमले साथ दिए छायांकन टिमसहित उनी यसैसाता मुस्ताङ पुग्नेछन्।  -न्युज कारखाना 

प्रकाशित: Oct 20, 2021| 14:58 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।