हुम्ला- हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ। आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो।
नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन्। एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएको छ। तापक्रम माइनसमा झरेपछि जनजीवन प्रभावित भएको छ भने सञ्चार सेवासमेत बन्द भएको तामाङले बताए। -न्युज कारखाना