सोमबार, फागुन १८, २०८२

प्रदेश २ : १५ प्रतिशत धानखेतीमा क्षति

प्रदेश २ मा लगातारका वर्षाका कारण धानखेतीमा क्षति पुगेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

जनकपुरधाम- देशभरी केही दिनयता भइरहेको बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यद्यपि प्रदेश २ मा वर्षा भएपनि मानवीय क्षति भने भएको छैन। यसका साथै नदीहरुमा पानीको सतह घट्दै गइरहेकाले खासै अप्रिय घटनाहरु भएका छैनन्। तर प्रदेश २ मा लगातारका वर्षाका कारण धानखेतीमा क्षति पुगेको छ।

प्रदेश २  मा अगौटे धानमा ठूलो क्षति पुगेको छ। प्रदेश २ का खेतहरुमा लगाइएका धानमध्ये १५  प्रतिशत धानमा क्षति पुगेको छ। कात्तिक महिनामा अप्रत्याशित रुपमा हावाहुरीका साथै अविरल वर्षाका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ। ढलेका धानहरुमा क्षति पुग्‍ने किसानहरुको भनाइ छ। यद्यपि कम लम्बाई हुने धानहरु सोना मनसुली, कतरनी, रामविलासलगायतका धानहरुमा क्षति नपुग्‍ने अनुमान गरिएको छ। त्यस्तै वास्मती, करिया कामुर लगायतका धानहरुको बढी लम्बाई हुने भएकाले पानीमा ढलेको र बाला फुट्न नपाउँदै पानीमा गल्ने सम्भावना बढेको छ।

४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको धनुषा जिल्लामा धान उत्पादनमा यो वर्षाका कारण कमी आउने कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका प्रमुख शंकर साहले जानकारी दिए। उनका अनुसार धनुषामा धान खेतीमा खासै असर नपरेपनि बाला फुटि सकेको धानमा क्षति पुग्ने उनले बताए। धनुषा जिल्लामा ४ मेट्रिकटन प्रति हेक्टर धान उत्पादनको अनुमान गरिएकोमा केही ह्रास आउने उनले बताए। धनुषा जिल्लामा यस वर्ष ५८ हजार हेक्टरमा धान खेती गरिएको छ।

सर्लाही जिल्लामा काट्न बाँकी रहेको अगौटे धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान अध्ययन केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाले जानकारी दिए। उनका अनुसार अगगौटे धानमध्ये ७५ प्रतिशत धान काटि सकिएको र बाँकी रहेको २५ प्रतिशत धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको हो। ४० हजार हेक्टरमा धान खेति गरिएको सर्लाही जिल्लामा अगौटे र पछौटे धान मिलाएर कुल १५ प्रतिशत धानमा क्षति पुगेको कुश्वाहाले बताए। सर्लाहीमा ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको थियो।

त्यस्तै बारा तथा पर्सा जिल्लामा समेत १० प्रतिशत धानमा अविरल वर्षाका कारण क्षति पुगेको छ। कृषि ज्ञान अध्ययन केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सबै स्थानीय तहसँग सम्पर्क गरेर धान खेतीमा पुगेको क्षतिबारे सूचना संकलन गरि रहेको जानकारी दिए। बारामा ५८ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ।

kumari

महोत्तरीमा गहिरो खेतमा रहेका धानहरुमा ठूलो क्षति पुगेको छ। यद्यपि अन्य भागमा रहेका खेतहरुमा पानी लागेपनि धान उत्पादनमा खासै ह्रास नआउने कृषि ज्ञान अध्ययन केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले जानकारी दिए। महोत्तरीमा ४६ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ। 

प्रकाशित: Oct 20, 2021| 15:31 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।