काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव जारी रहेको छ। यसको प्रत्यक्ष असरस्वरूप बुधबार रातिदेखि काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर र छिमेकी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ।
रातिदेखि शुरु भएको झरी बिहीबार पनि जारी रहेकाे छ। वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरूमा सडक जलमग्न भएका छन्।