बिहीबार, पुस १७, २०८२

जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

 |  शुक्रबार, भदौ १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १३, २०८२

काठमाडौं- जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

National life

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र-०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र स्कुटर पछाडि सवार काभ्रे पाँचखाल-२ घर भएका २३ वर्षिय नितेश नेपाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर रोकिराखेको बसको पछाडि ठोक्किएको थियो।

Laxmi sunrise bank

 

प्रकाशित: Aug 29, 2025| 08:42 शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्