आइतबार, असोज ४, २०८३

जनकपुरमा आगलागी,  एक जनाको मृत्यु

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा  आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का  ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो। घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ। 

आगालागी गएराति भएको हो। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

प्रकाशित: Sep 20, 2026| 09:49 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्