आइतबार, असोज ४, २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

सर्लाही- मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो।

सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक  मलङ्गवा नगरपालिका–४ का  ५९ वर्षका महेश महतो घाइते भएका छन्। निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 20, 2026| 09:10 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्