बिहीबार, भदौ १२, २०८२

अत्याधिक रक्तस्रावका कराण सुत्केरीको गयो ज्यान

 |  बिहीबार, भदौ १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

vianetvianet

मुगु । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पातलमा मृत्यु भएको छ।

Kumaribank

बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन। घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछी उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो।

अत्याधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रशुती केन्द्रले जिल्ला अस्पातल लैजान सल्लाह दिएपछि घर परिवाले राति १० बजे जिल्ला अस्पतालमा पुर्‍याए पनि उपचारका क्रममा बिहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ।

राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरूले चेकजाँच गर्दा अत्याधिक रक्तस्रापका कारण शरीरमा जम्मा दुई प्वाईन्ट रगत मात्र देखिएको उपचारमा संलग्न डाक्टर नहकुल शाहीले जानकारी दिएका हुन्।

बुढालाई तत्काल रगत चढाउनुपर्ने थियो तर जिल्ला अस्पातलमा बल्ड बैंक छैन। ब्लड बैंकको ब्यवस्था नहुँदा उपचारमा संलग्न डाक्टरहरुले आफनो फेसबुकमार्फत आवश्यक रगत दानका लागि सूचना जारी गरेपछि सदरमुकाम गमगढीका युवाहरुले पाँच वाईन्ट रगत दान गरेका थिए।

Metro Mart

एक बर्ष अगडि मृतक बुढा घरमै गर्भपतन गराएर अत्याधिक रक्तस्रापपछि जिल्ला अस्पातलमा उपचारका लागि आएकी थिइन्। त्यसबेला पनि उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा आवश्यक रगत चढाई उपचार गरेका थिए।

उपचार गरेर घर फर्किनलाग्दा बुढालाई त्यसबेला जिल्ला अस्पतालका डाक्टरहरुले सल्लाह बिना औषधी सेवन नगर्न, नियमित चेकजाँच गर्न एवम अस्पतालमै सुत्केरी गर्न सल्लाह दिएका थिए।

सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसूती केन्द्र छन्। तर घरमै सुत्केरी गराउने र अन्तिममा समस्या देखिएपछि स्वास्थ्य संस्थामा पुग्ने गरेका धेरै घटना छन्। जिल्ला अस्पातलमा प्राय यस्ता घट्ना सोरु गाउँपालिकाबाट धेरै आउने गरेको डाक्टर नहकुल शाहीले बताए।

उपचारमा संलग्न डाक्टरहरुका अनुसार अस्पातलमा पुग्दासम्म सालनाल नझरेर अत्याधिक रक्तस्राव का कारण मृतक बुढा बेहोस थिइन्। आवश्यक रगतको ब्यवस्था गरेर शरीरमा रगत चढाइसकेपछि विहीबार बिहान होसमा आएको र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेली कप्टरको व्यवस्थापनका लागि गृह मन्त्रालयसंग समन्वय गरिरहेकै बेला उनको ज्यान गएको जिल्ला अस्पातलका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।

डाक्टर नरकोटीका अनुसार बुधबार बिहान ११ बजे सुत्केरी भई सालनाल नझरेपछि उपचारका लागि घरपरिवारले राति १० बजे ल्याएका थिए। तर, उनीबाट जन्मेको शिशुको अवस्था भने सामन्य रहेको र चिकित्सकको निगरानीमा राखिएको छ।

प्रकाशित: Aug 28, 2025| 19:32 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्