बिहीबार, भदौ ४, २०८३

बैजनाथ खोलाले बगाएर हुलाकका कर्मचारीको मृत्यु

जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

उदयपुर- जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका– ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा  खोलाले बगाएको हो।

श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले बताए।   -न्युजकारखाना

प्रकाशित: Oct 20, 2021| 15:10 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।