सोमबार, चैत ४, २०८१

कमला पुलको अर्को पिलर पनि भासियो

धनुषालाई सिरहा जिल्लासँग जोड्ने निर्माणाधिन कमला नदीको पुलको अर्को पिलर पनि भासिएको छ। बुधबार दिउँसो धनुषातर्फको ३ नम्बर पिलर भासिएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

जनकपुरधाम– धनुषालाई सिरहा जिल्लासँग जोड्ने निर्माणाधिन कमला नदीको पुलको अर्को पिलर पनि भासिएको छ। बुधबार दिउँसो धनुषातर्फको ३ नम्बर पिलर भासिएको हो। 

health

अविरल वर्षाका कारण नदीमा बढेको पानीको सतह तथा तेज बहावका कारण पिलर भासिएको हुलाकी सडक निर्देशनालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए। पिलर भासिएलगत्तै निर्देशनालयको प्राविधिक टोली निरीक्षणका लागि कमला पुलमा पुगेको उनले बताए ।

यसअघि अविरल वर्षासँगै आएको ठूलो बाढीले गत असार १७ गते निर्माणाधिन सो पुलको सिरहा तर्फको दोश्रो पिलर भासिएको थियो । कमला नदीको सो निर्माणाधिन पुलको ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो। गत  साउन महिनामै हस्तान्तरण गरेर संचालनमा ल्याउने तयारी रहेको समयमा गत असार १७ गते पिलर भासिएपछि पुल निर्माणको गुणस्तरमा प्रश्न उब्जेको थियो । 

पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रक्सनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो। तर, ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो। निर्माण सम्पन्न नहुँदै पुल भासिएपछि सोको पुनः निर्माण गर्ने काम निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नै गर्ने जिम्मा लिएको छ ।

प्रकाशित: Oct 20, 2021| 15:40 बुधबार, कात्तिक ३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।