शुक्रबार, कात्तिक २८, २०८२

विश्वासको मत लिने समय सार्न एमालेद्वारा सभामुखसँग आग्रह

पार्टीका बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

मकवानपुर- बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ। पार्टीका बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन्।

National life

पत्रमा निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसपछिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं ६ कात्तिकमा हुने वडास्तरीय अधिवेशन र ९ कात्तिकमा हुने पालिकास्तरको अधिवेशनका कारण सभाको बैठक सार्न भनिएको छ। उनले आफ्ना पार्टीका सांसद भोलि ४ कात्तिकका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक सार्न भनेका हुन्। 

४ कात्तिकमा  विश्वासको मत लिने तयारीमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पार्टी एमाले नै बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठकको समय हेरफेर गर्न माग गर्दै प्रदेशसभाको सभामुखलाई पत्र लेखेको हो। 

२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले विश्वासको मत लिन बिहीबार तयारी भएका बेलामा एमालेले विश्वासको मत लिने समय पर सार्न पत्राचार गरेको हो। एमाले विभाजनपछि १३ जना सांसद (एकीकृत समाजवादी)मा लागेपछि एकल बहुमतको आधारमा सरकारको नेतृत्व गरेकी शाक्य अल्पमतमा परेकी थिइन्।

बागमतीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्छ।  विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ।

Laxmi sunrise bank
kumari

सरकार बनाउँनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ। गठबन्धनमा रहेकामा ओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन्। प्रदेशसभामा विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन्। 

बागमतीमा नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ। कांग्रेसका इन्द्रबहादुर बानियाँले आधा अवधिका लागि भए पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्।  -शिव चौलागाईं/न्यूजकारखाना

प्रकाशित: Oct 20, 2021| 16:31 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।