आइतबार, असोज २५, २०८३

एमालेले चाहेमा एक सातामा सरकार ढल्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक साताभित्र सरकार ढाल्ने दाबी गरेका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक साताभित्र सरकार ढाल्ने दावी गरेका छन्। एमालेको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बुधबार सम्बोधन गर्दै उनले भने, ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं।’ 

उनले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे। उनले अरू कसैले बहुमत ल्याउन नसक्ने तर एमालेले ल्याउने दाबी गरेका हुन्। ‘एमालेकै कतिपय नेताले आगामी चुनावमा कुनै पार्टीले बहुमत ल्याउँदैनन् भने गल्ती बोल्ने गरेका छन्’,उनले भने,  ‘हाम्रै साथी पनि कसैले बहुमत ल्यायउँदैन भनेर पाक्कपुक्क बोल्दिन्छन्। एमालेबाहेक अरूले बहुमत ल्याउँदैन भन्नुपर्यो। गल्ती बोल्नुभएन नि।’


प्रकाशित: Oct 20, 2021| 15:21 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...