मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाइन कक्षा लिने क्रममा भियतनाममा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

हनोई- अनलाइन कक्षा लिने क्रममा भियतनाममा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ। नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो।

National life

उनले मोबाइल चार्ज गर्दै  कक्षा लिएका थिए। बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो। जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो। 

उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ। मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए। 

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ। -एजेन्सी 

प्रकाशित: Oct 20, 2021| 14:32 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।