आइतबार, वैशाख १६, २०८१

जसपाले ४३ महिनाको भाडा नतिरेपछि घरबेटीले प्रशासन गुहारे

जनता समाजवादी पार्टी (जसपा) ले ४३ महिनादेखि कार्यालयकोभाडा नतिर्दा घरबेटीले प्रशासनलाई गुहारेका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

जियालाल साह

जियालाल साह

बुधबार, कात्तिक ३, २०७८

पर्सा- जनता समाजवादी पार्टी (जसपा) ले ४३ महिनादेखि कार्यालयकोभाडा नतिर्दा घरबेटीले प्रशासनलाई गुहारेका छन्। विगत तीन वर्षदेखि विभिन्‍न नेता कार्याकर्ताहरु कहाँ धाउने गरे पनि भाडा नउठेपछि बाध्य भएर ४३ महिनाको घर भाडा तिराइदिन र घर खाली गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएको घरबेटी बैजनाथ साहले बताएका छन्। 

triton college

वीरगंजको मूर्लिस्थित सुरेश आयलको छेउमा मेनरोडसँगै रहेको जसपा पर्साको पार्टी कार्यालयले विगत ४३ महिनादेखि कार्यालयको भाडा नतिरेकोले खाली गर्न घरबेटीले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका हुन्। 

पर्सामा चारवटै संसदीय निर्वाचन क्षेत्रमा जसपा नेतृत्वको गठबन्धन विजयी भएका छन्। बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी बैजनाथ प्रसाद साहको वीरगंज मूर्लिस्थित रहेको घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ। प्रति महिना रु ८ हजारको दरले विगत ४३ महिनादेखिको कोठा भाडा तीन लाख ४४ हजार रुपैयाँ तिरेका छैनन्। पटक-पटक भाडा मागे पनि भाडा नपाउँदा बाध्य भएर भाडा तिराएर कोठा खाली गराइदिन निवेदन दिएको घर साहु बैजनाथ प्रसाद साहले बताए। घरधनी साहले भने, 'जसपा पर्साका अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमद भएदेखि पटक-पटक भाडा दिन आग्रह गरे पनि विगत ४३ महिनादेखि भाडा दिएका छैनन्।' पटक-पटक भाडा माग गरे पनि दुबैजनाले बेवास्ता गर्दै आएको उनको आरोप छ। 

यता जसपा पर्साका अध्यक्ष रामनरेश यादवले कोठाभाडा बाँकी रहेको स्वीकार्दै कात्तिक १४ गते नयाँ ठाउँमा पार्टी कार्यालय सार्न लागेकाले जे-जति भाडा बाँकी छ सबै तिर्ने साहुलाई जानकारी गराइसकेको दाबी गरे पनि यस विषयमा घर साहु बैजनाथ साहले भने आफूलाई त्यस्तो केही जानकारी नगराएको बताए। 

प्रकाशित: Oct 20, 2021| 14:45 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।