बिहीबार, भदौ ४, २०८३

बाढीपीडितलाई राहत घोषणा गर्दै सरकार

सरकारले केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीपीडितलाई क्षतिपूर्ति दिन राहत घोषणा गर्ने भएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– सरकारले केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीपीडितलाई क्षतिपूर्ति दिन राहत घोषणा गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको हो। मन्त्रिपरिषद् बैठकअघि देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाएका छन्। अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ५० जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित: Oct 20, 2021| 14:51 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।