‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर। त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ। तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन।
अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन्।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन्। इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरू पक्राउ परेका हुन्।