बुधबार, भदौ ३, २०८३

शिक्षासेवी शर्माको निधन

बागलुङ नगरपालिका वडा नं. १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

बागलुङ- बागलुङ नगरपालिका वडा नं. १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको शुक्रबार बिहान ६: ०० बजे अस्पतालमा निधन भएको हो। 

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरेका थिए। विसं २०१७ मा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए। उनले सुरूमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए। 

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ। उनले उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरूमा लामो समय अध्यापन गरेका थिए। 

साहित्य र लेखनमा गहिरो रूचि राख्ने उनका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरू कयौँ फुटकर लेख र कविता प्रकाशित छन्। 

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा छन्। शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। 


प्रकाशित: Nov 05, 2021| 16:30 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।