शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् : प्रकाशमान सिंह

भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्। नेपालका कम्युनिस्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए । 

‘पहिलो संविधानसभामा चार जना कम्युनिस्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन्। दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो। संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाइको कम्युनिस्ट सरकार बन्यो तर काम गर्न सक्यो त?’ कम्युनिस्टहरूले जनतामा भ्रम फैलाएर भोट माग्ने गरेको उनको आरोप छ। 

भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक ओलीले जित्ने नेता सिंहले बताए। 'संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिस्टहरूले मात्रै सक्छन्,’ उनले भने।

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए। उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका  छन्। 

नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए। ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका बेलामा नयाँ-नयाँ पार्टीहरू आउँछन्। काम केही गरेको  हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटकऔपटक विभाजित भएको छ। आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए। ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ। जनतालाई विश्वासमा दिलाउनुपर्‍यो। गफ गरेर मात्रै हुँदैन। काम गर्नुपर्‍यो। काम गर्न सजिलो छ', नेता सिंहले भने।

प्रकाशित: Nov 05, 2021| 12:06 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...