शनिबार, जेठ २, २०८३

सरकारले सुरू गर्‍यो सिकाइ चौतारी, स्कुलका सबै पुस्तक अनलाइनमा

सरकारले कक्षा १ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनलाइन मार्फत पुस्तक उपलब्ध गराने भएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- सरकारले कक्षा १ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनलाइन मार्फत पुस्तक उपलब्ध गराने भएको छ। 

National life

सिकाई चौतारीको सुरुवात गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको बताएका हुन्। कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी पाठ्यक्रमलाई तयार गरिएको छ। मन्त्री पौडेलले दुर दराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताए। 

‘सहरमा प्रविधिको विकास भइसकेको छ। गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सक्ने गरी यसलाई तयार गरिएको छ।’

मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्काताका साथ अगाडी बढाउन थप आकर्षक एवम् पठनशील हुनुपर्नेमा जोड दिए। ‘भिडियोको प्रस्तुति रोचक र आकर्षक भए मात्रै विद्यार्थी सिकाइका लागि आकर्षक हुन्छ। सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री बनाउनुपर्छ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाई केन्द्रको सुरुआत भएको र  वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको बताइन्।

सिकाई चौतारी चलाउँदा न्यूनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउने पोर्टल भएकाले थप व्यवस्थित बनाउँदै लाने केन्द्रले जनाएको छ। सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डीस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिदैं छ। 

इन्जिनियर कवीन्द्र मानन्धरले लामो समयको प्रयासपछि यस्तो पोर्टल ल्याउन सकिएको बताए।‘हामी अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफल पछि यो पोर्टलको शुभारम्भ गरेको छौँ’ यसलाई विकास गरी सबैको पहुँचमा पु र्‍याउँने हाम्रो लक्ष्य छ।

प्रकाशित: Nov 05, 2021| 13:43 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्