उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय प्याकेट पटकासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन्।
प्रहरीले स९प ८९८२ नम्बरको मोटर साइकलमा पटकासहित चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर जुटपानीबाट पक्राउ गरेको हो।
गुप्ताको साथबाट नौ हजार बराबरको तीन सय प्याकेट पटका बरामद भएको छ। उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको प्रहरीले जनाएको छ।