आइतबार, असोज २५, २०८३

कपिलवस्तुबाट ३१ जुवाडे पक्राउ, ६ लाख बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन्। इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन्। इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरू  पक्राउ  परेका हुन्। 

जुवा खालबाट  ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए।

बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका  हुन्। यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए। 

उनीहरू रातका २ बजे समातिएका हुन्। पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ। उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएकाले नाम सार्वजनिक गरिएको छैन।

प्रकाशित: Nov 05, 2021| 11:12 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।