बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुक्के-हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्र्याइयो

हुक्के-हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्र्याइयो

उदयपुरमा थारु समुदायले लक्ष्मीलाई र नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

उदयपुर- लक्ष्मी पूजाको साँझमा उदयपुरका थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्के-हुक्का खेलेर लक्ष्मी भित्राएका छन्। उदयपुरमा थारु समुदायले लक्ष्मीलाई  र नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन छ।

उनीहरूले लक्ष्मी पूजाका दिन आफ्नो घरमा सनपाट नभए छिमेकीसँग मागेर भए पनि ल्याएर हुक्के-हुक्का खेल्ने गरेको थारू पण्डित वासुदेव चौधरीले जानकारी दिए।

उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएका छन्।  तराईमा बस्ने आदिवासीले  घनघोर जङ्गलमा बस्दा भूत, पिचासलगायतका नकारात्मक शक्तिबाट मुक्त रहन र बालीनाली राम्ररी सप्रियोस् भनेर यो खेल्ने चलन बसालेको उनको भनाई छ।  सनपाटको सन्ठी नहुँदा हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको उनले बताए। 

थारु समुदायको यो संस्कारलाई युवाहरूले बचाउनु पर्ने त्रियुगा नगरपालिका १२, पुरानो गाईघाटका प्रथमलाल चौधरीले बताए। परम्पराअनुसार हुक्के घरको दलिनमा राखेको दियोमा हुक्के - हुक्का सल्काउने गरिन्छ। सल्की सकेको हुक्के हुक्कालाई तीन पटकसम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा पुर्‍याएर खेल्ने चलन छ। खेल्दा उनीहरूले यस्तो भन्ने गरेका छन्।


हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्ने मान्यता छ। जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन रहेको छ। 

 

प्रकाशित: Nov 05, 2021| 12:36 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।