बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युरोप र मध्य एसियाका ५३ देशमा कोरोनाको नयाँ लहरको जोखिम

युरोप र मध्य एसियाका ५३ देशमा कोरोनाको नयाँ लहरको जोखिम

विश्व स्वास्थ्य संगठनले युरोप तथा मध्य एसियाका ५३ देशमा कोरोना भाइरसको नयाँ लहरको जोखिम रहेको जनाएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठनले युरोप तथा मध्य एसियाका ५३ देशमा कोरोना भाइरसको नयाँ लहरको जोखिम रहेको जनाएको छ। विश्व स्वास्थ्य संगठनका क्षेत्रीय कार्यालय प्रमुख डा. हेन्स क्लूजले आइतबार आइतबार मध्य एसिया तथा युरोपमा ५३ देशमा कोरोना भाइरसको नयाँ लहरको जोखिम रहेको बताएका छन्।

उनले दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दै गएको बताएका छन्। उनले डेनमार्कको कोपनहेगनमा संगठनको युरोप मुख्यालयमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमितको संख्या बढ्नसक्ने चेतावनी दिएका हुन्।

उनले एक वर्ष पहिले महामारीको केन्द्र रहेको युरोपमा फेरी त्यस्तै अवस्था आउनसक्ने चेतावनी दिएका हुन्। 'तर, गत वर्ष भन्दा यस पटक स्वास्थ्यकर्मी यस भाइरसका बारेमा बढी जानकार छन्। र, उहाँसँग लड्नका लागि उपकरण पनि छ', उनले भनेका छन्।

उनले यही अवस्था जारी रहे फेब्रुअरीसम्म थप पाँच लाखको ज्यान जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: Nov 05, 2021| 11:51 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।