बुधबार, भदौ ३, २०८३

दुर्घटनामा स्कुटर चालकको मृत्यु

गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका धुन्चे पाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२-०१६प ३४३६ नं.को स्कुटर मध्यपुरथिमि नगरपालिका-८ बोडे तीन दोबाटोमा दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका-६ घर भई हाल मध्यपुरथिमि नगरपालिका धुन्चे पाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल पुर्‍याएको थियो। उनको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2021| 15:26 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।