शुक्रबार, भदौ ५, २०८३

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

जाजकोट- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ। सम्पन्न अधिवेशनबाट पालिका र वडा अध्यक्षहरू सर्वसम्मत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरू गठन गरेको छ। पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो।

देश संघीय संरचनामा गएपछि नेकपा (एमाले), जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो। सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ।

नेकपा (एमाले), जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अबिधेशनहरुले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसम्मत चयन गरेका छन्। 

त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विकलाई सर्वसम्मत चयन गरिएको छ।

जिल्लाका सात वटा स्थानीय तह र ७७ वटा वडामा अधिवेशन सम्पन्न गर्नुको साथै पालिका र वडा स्तरमा नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ।  -न्युज काररखाना

प्रकाशित: Nov 05, 2021| 15:53 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...