कैलालीमा चक्कु प्रहारबाट युवकको मृत्यु भएको छ। टीकापुरस्थित सिद्धार्थ होटेल नजिक गए राति ९ बजेतिर चक्कु प्रहारबाट लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको हो।
धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरूमा दीपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएसँगै अहिले छठको रौनक छाएको छ। मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वहरूमध्ये यो पनि एक हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।
देशभरका उत्कृष्ट खेलाडीको सहभागिता रहने यो वर्षको प्रतियोगितामा राजेश हमाल पनि दौडने भएका छन् भने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गर्ने आयोजकले जनाएको छ।
'दसौँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वभिमान र भावनालाई झन्डाझैं बलियो गरी समात्छु। हार्ने जित्ने कुरा आफ्नो ठाउँमा छु,' उनले भने। यद्यपि उनले खुलस्त रूपमा 'अध्यक्षमा लड्ने' शब्द उच्चारण गरेनन्।