बुधबार, वैशाख १०, २०८२

सुदूरपश्चिम : एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसै‌तिहारको एक महिनामा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

vianetvianet
triton college
National life insurance

बैतडी– सुदूरपश्चिम प्रदेशमा दसै‌तिहारको एक महिनामा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी  प्रदेशभर एक सय १३ जना घाइते भएका थिए। सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए।  

‘साना सवारीसाधनका चालकले लापरबाही गर्दा बढी दुर्घटना भएका थिए’, प्रहरी उपरीक्षक गौतमले भने, ‘चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ।’ 

प्रकाशित: Nov 09, 2021| 22:10 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।