शुक्रबार, भदौ ५, २०८३

भीम रावलले गरे एमाले अध्यक्ष लड्ने संकेत

'दसौँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वभिमान र भावनालाई झन्डाझैं बलियो गरी समात्छु। हार्ने जित्ने कुरा आफ्नो ठाउँमा छु,' उनले भने। यद्यपि उनले खुलस्त रूपमा 'अध्यक्षमा लड्ने' शब्द उच्चारण गरेनन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको अध्यक्षमा उठ्ने संकेत गरेका छन्। अछाममा साँफैबगर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन्। 

'दसौँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वभिमान र भावनालाई झन्डाझैं बलियो गरी समात्छु। हार्ने जित्ने कुरा आफ्नो ठाउँमा छ,' उनले भने। यद्यपि उनले खुलस्त रूपमा 'अध्यक्षमा लड्ने' शब्द उच्चारण गरेनन्।  

अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले उठाएको विषयलाई कार्यान्वयन नगरेको भन्दै उनले हालैमात्र १० बुँदे कार्यान्वयनका लागि गठन गरिएको कार्यदलको संयोजक र सदस्यबाट राजीनामा दिएका थिए। विगतदेखि नै अध्यक्ष ओलीको विरोधीका रूपमा चिनिएका रावलले माधवकुमार नेपालले नयाँ दल गठन गर्दा भने उनलाई साथ नदिएर एमालेमा नै रहेका थिए। 

एमाले एकताका लागि भन्दै गरिएको १० बुँदे सहमतिलाई आधार मान्दै उनीसहितका केही नेताले माधवको साथ छोडेका थिए। 

प्रकाशित: Nov 09, 2021| 21:18 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...