बुधबार, भदौ ३, २०८३

लागूऔषधसहित एक जना पक्राउ

अवैध लागूऔषधसहित प्रहरीले बेलडाँडी गाउँपालिका-२ स्थित सडकबाट एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

कञ्चनपुर- अवैध लागूऔषधसहित प्रहरीले बेलडाँडी गाउँपालिका-२ स्थित सडकबाट एक जनालाई पक्राउ गरेको छ। नियन्त्रित लागूऔषध नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्त रहेको प्रहरीले जनाएको छ। उनी मंगलबार बिहान पक्राउ परेका हुन्।

वेलडाँडी गाउँपालिका-१ कालीकाबाट आउँदै गरेको म१प ६२४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पन्तलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 10, 2021| 06:54 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।