सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राजेश हमाल पनि दौडने नेपालगञ्ज म्याराथनमा स्कर्टिङ गर्दै साइकलयात्री शाह

राजेश हमाल पनि दौडने नेपालगञ्ज म्याराथनमा स्कर्टिङ गर्दै साइकलयात्री शाह

देशभरका उत्कृष्ट खेलाडीको सहभागिता रहने यो वर्षको प्रतियोगितामा राजेश हमाल पनि दौडने भएका छन् भने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गर्ने आयोजकले जनाएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- मंसिरको पहिलो शनिबार (चार गते) आयोजना हुने नेपालगञ्ज म्याराथनमा साइकलयात्री पुस्कार शाहले स्कर्टिङ गर्ने भएका छन्। मंगलबार आयोजक क्रियटिभ ह्यान्डसले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै शाहले स्कर्टिङ गर्ने जानकारी दिएको हो।

‘क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएको छ। गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकलयात्री यमलाल रसाइलीले स्कटिङ गर्नु भएको थियो। एक जना म्याराथन धावकको एकजना साइकलयात्रीबाट स्कटिङ हुने गर्दछ,’ उसले विज्ञप्तिामा लेखेको छ।

देशभरका उत्कृष्ट खेलाडीको सहभागिता रहने यो वर्षको प्रतियोगितामा राजेश हमाल पनि दौडने भएका छन् भने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गर्ने आयोजकले जनाएको छ।

‘फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरु दौडिदा १० किलोमिटर, ५ किलोमिटरमा लामो दौडको अभ्यास गरिरहेकाहरु दौडिने गर्दछन्,’ विज्ञप्तिामा उल्लेख छ।

नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष मंसीरको पहिलो हप्ताको शनिबार नेपालगञ्ज म्याराथन हुँदै आएको छ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए।

क्रियटिभका अध्यक्ष ठकुरीले यो दौडले सहरको पहिचान बढाउने बताएका छन्। उनले भने, ‘म्याराथन केवल दौडमात्रै नभएर यो शहर चिनाउने अभियान हो। यसपाली नेपालगञ्जको सुर्खेत रोडमा सात हजार मानिसलाई दौडाउने तयारी छ।’

प्रकाशित: Nov 10, 2021| 01:05 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।