काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ। उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
छलफलपछि प्रधानसेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ। उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको नेपाली सेनाले जनाएको छ।