शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनीलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स संघमा नयाँ कार्यसमिति चयन

अनीलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स संघमा नयाँ कार्यसमिति चयन

मंगलबार भएको संघको साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरेको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार भएको संघको साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी चयन भए।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने छन्।

यस्तै संघका पुर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकार छन्। यसअघिका अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो। 

साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन/नियममा छिद्र खोजेर आफूखुशी काम नगर्न बैंकहरुलाई सचेत गराएका थिए। उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। 

बैंकहरुले त्यसरी काम गरे वित्तीय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराएका हुन्। बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गरे।

प्रकाशित: Nov 09, 2021| 20:45 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्