बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

बंगलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

बंगलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई एघार वर्षको जेल सजाय सुनाइएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– बंगलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई एघार वर्षको जेल सजाय सुनाइएको छ। ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा उनलाई राजधानी ढाकास्थित विशेष अदालतले क्रमशः चार र सात वर्षको सजाय सुनाएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ।

अदालतका न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए। पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्यांक भनिने हाल पद्मा नाम रहेको ब्यांकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ।

उक्त रकम सिन्हाको बैंक खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो। पूर्वप्रधानन्यायाधीश सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरकफरक सजाय सुनाइएको छ। 

प्रकाशित: Nov 09, 2021| 21:13 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।