शनिबार, चैत ७, २०८२

चिकित्सकको सुझाव- चिसोमा रुघासँगै कोरोना बढ्न सक्छ, सावधानी अपनाऔं

जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।

National life

काठमाडौंसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकहरूले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन नागरिकलाई आग्रह गरेका हुन्। 

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे। उनले अहिलेको मौसम कोरोनासँगै फ्लुको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए। 

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे। त्यस्तै उनले यस्ता फ्लुहरूबाट बच्न रुघाखोकी लागेका मानिसबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभाबी नाक, कान, मुख नचलाउन पनि आग्रह गरे। उनले यस्ता भाइरसबाट बच्नको लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउन सुझाव दिए।

'चिसो मौसममा मिर्गौला, सुगर, मुटुको रोग, बाथको रोग, क्यान्सर वा न्यूरोलोजिकल केही समस्या भएका मानिसहरूले विशेष गरी जोगिनु पर्ने हुन्छ। र, जोगिने अर्को उत्तम उपाय भनेको हामीले भ्याक्सिन पनि लगाउनु हो', उनले भने।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले भने, ‘चिसो मौसम बढेकोले गर्दा साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीले एकदमै सतर्कता अपनाउन पर्ने हुन्छ। किनभन्दा अहिले फ्लुको सिजन बढेसँगै कोभिड पनि छ। फ्लुको सिजन पनि बढेको छ।' उनले चिसो मौसममा बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगी बढी ग्रसित हुने गरेको बताए।

Laxmi sunrise bank
kumari

श्वासप्रश्वासमा समस्या हुने भएकाले चिसोबाट जोगिएर तातो पानी पिउने, न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ, धुलो पनि बिहानको समयमा हुने गरेकोले बिहान मर्निङ वाकमा निस्किन, घरबाहिर निस्किन, त्यति उपयुक्त नहुने उनको सुझाव छ। 

'चिसो मौसममा मिर्गौला, सुगर, मुटुको रोग, बाथको रोग, क्यान्सर वा न्यूरोलोजिकल केही समस्या भएका मानिसहरूले विशेष गरी जोगिनु पर्ने हुन्छ। र, जोगिने अर्को उत्तम उपाय भनेको हामीले भ्याक्सिन पनि लगाउनु हो', उनले भने। उनले नोभेम्बरमा २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउने बताए।

'अहिलेसम्म सायद बजारमा आइसकेको छैन। तर, नयाँ फ्लुको भ्याक्सिन आइसकेपछि सबै ६ महिना माथिका मानिसले लाउनै नमिल्ने मेडिकल कन्डिसन छैन भने सबैले अनिवार्य रूपमा फ्लुको भ्याक्सिन लगाउनु होला', उनले भने, 'त्यसले मौसमी रुघाखोकीबाट पनि जोगिन्छ। पहिला कसरी जोगिने भन्ने हो। जोगिने दुई किसिमको हुन्छ, एउटा भ्याक्सिन लगाएर अर्को सामाजिक दूरी कायम गरेर।'

कोरोना जोखिले पारेको मास्क लगाउने बानीलाई निरन्तरता दिन उनको सुझाव छ। 'रुघाखोकी लागिरहेको मानिसको नजिक नजाने, हातले नाक, मुख धेरै नचलाउने, आँखा, कानहरू नचलाउने, न्यानो रहने, झोलिलोचिजहरू प्रशस्त पिउने, धुवाँ, धुलो र चिसोबाट बचिराख्ने, यही दुई माध्यमबाट हामी सबै किसिमका रुघाखोकीका भाइरसबाट बच्न सक्छौं,’  डा. ढुंगेल भन्छन्।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले सबै नागरिकले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले  कोभिड–१९ का बेला गरिरहेका आचरणलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए।

प्रकाशित: Nov 10, 2021| 06:24 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्