बुधबार, भदौ ३, २०८३

ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

हेटौंडामा ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

  मकवानपुर-  हेटौंडामा ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना७ख ८७६ नम्बरको बस र चितवनबाट हेटौंडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किँएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्।

ज्यान गुमाएकाहरूको परिचय भने खुलेको छैन। घाइते भएका १५ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 10, 2021| 07:50 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।