नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ।
दिगो विकास लक्ष्य प्राप्तिमा टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाए पनि त्यसमा सहमति जनाइनसकेको बताएका छन्।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन्।
ग्रानाडाको मैदानमा घरेलु टिमविरुद्ध सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा उसले ग्रानाडामाथि ४-१ गोलको जित निकालेको हो।