शुक्रबार, भदौ ५, २०८३

दाहालले भने– एमाले महाधिवेशनको निम्तोमा सहमति जनाएको छैन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाए पनि त्यसमा सहमति जनाइनसकेको बताएका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाए पनि त्यसमा सहमति जनाइनसकेको बताएका छन्। चितवनको टाँडीमा सोमबार बिहान कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा उनले भने, ‘एमालेका तर्फबाट महाधिवेशनको निम्ता आएको छ। तर आफूले यसबारे निर्णय गर्न बाँकी छ।’ 

आफू र आफ्नो पार्टीलाई सिध्याउन केपी ओलीले चितवनमा महाधिवेशन गर्न लागेको दाहालको आरोप छ। उनले निम्ता दिन आउने ओलीलाई ‘चितवनलाई के विधि माया गर्नुभएको’ भनेर जवाफ दिएको पनि जानकारी दिए।

‘चितवनमा ल्याउनु (महाधिवेशन) को मक्सद माओवादी सिध्याउनु, तर मैले केपीजीलाई धन्यवाद भनेको छु’, दाहालेले भने, ‘यहाँका जनतालाई फाइदा हुने भयो, व्यवसायीले अलिकता भए पनि नाफा कमाउन पाउने भए, नेपालमा चितवन नै हो मुख्य भनेर बनाइदिनुभयो भनेर भन्द्याछु मैले।’

दाहालले आफूलाई वक्ताका रुपमा डाकिए पनि ‘अहिले त्योबारे बोल्दिनँ पार्टीमा सल्लाह गर्नुपर्छ’ भनेको जानकारी दिए। उनले भने, ‘एक जना लिडर  वक्ताका रूपमा चिठी लिएर आउनुभो। कति धेरै माया गर्या हो चितवनलाई? यति धेरै माया नगर्नु है माया बोक्नै नसक्ने हुन लाग्यो भन्याछु मैले।’

प्रकाशित: Nov 22, 2021| 11:02 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...