शनिबार, साउन १६, २०८३

सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने

सरकारले अब सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– सरकारले अब सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ। यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई मात्रै कोरोनाविरुद्धको खोप दिइरहेकोमा अब गर्भवती भएको ३ महिनापछि उक्त खोप लगाउन सकिने जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार  खोप लगाउन सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोबास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ। चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ।

प्रकाशित: Nov 22, 2021| 09:35 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्