शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसका राष्ट्रपति पुटिनले लगाए कोरोनाविरुद्धको बुस्टर डोज

रुसका राष्ट्रपति पुटिनले लगाए कोरोनाविरुद्धको बुस्टर डोज

विश्वमा कोरोना भाइरसको तेस्रो लहरको खतराका बीच भ्याक्सिन तथा बुस्टर डोजले राहत प्रदान गरिरहेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

National life

काठमाडौं- विश्वमा कोरोना भाइरसको तेस्रो लहरको खतराका बीच भ्याक्सिन तथा बुस्टर डोजले राहत प्रदान गरिरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आइतबार आफूले कोरोनाविरुद्धको बुस्टर डोज लगाएको बताएका छन्।

रुसी समाचार एजेन्सीका अनुसार राष्ट्रपति पुटिनले कोरोनाविरुद्ध स्पुतनिक लाइटको बुस्टर डोज लगाएका हुन्। रुसका राष्ट्रपति पुटिनले गामालेया अनुसन्धान केन्द्रका उपनिर्देशक डेनिस लोगुनोवसँगको एक बैठकमा भनेछन्, 'तपाईं र तपाइको सहयोगीको सिफारिसका आधारमा मैले स्पुतनिक लाइटको एक बुस्टर डोज लिएको छु।'

राष्ट्रपति पुटिनले बुस्टर डोज लगाउँदा सहज महसुस गरिरहेको बताएका छन्। कोरोना खोप लगाएको ६ देखि आठ महिनापछि बुस्टर डोज लगाउनु राम्रो हुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रकाशित: Nov 22, 2021| 09:25 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।