बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वकिलहरु बसे सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वकिलहरु बसे सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन जारी राखेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन जारी राखेको छ। प्रधानन्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत कानुन व्यसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन्। जबराको राजीनामा माग गर्दै कानुन व्यवसाीहरु कात्तिक १४ देखि आन्दोलनरत छन्।

नेपाल बार एसोसिएसनले न्यायालयमा देखिएको समस्या समाधानको पहल गर्न आग्रह गर्दै संसद्मा रहेका सबै दलहरूलाई सोमबार ज्ञापनपत्र बुझाउने भएको छ।  प्रधानन्यायाधीश  जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो।

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने बारले माग गर्दै आएको छ। जबरा विरुद्धको आन्दोलनमा बारले दलहरूको समर्थन खोजेपनि उनीहरुले अहिलेसम्म सर्वोच्च अदालतमा देखिएको विवाद निरुपणबारे ठोस धारणा बनाएका छैनन्।

प्रकाशित: Nov 22, 2021| 11:15 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।