आइतबार, असार २१, २०८३

सानदार जितसँगै रियल ला लिगको शीर्षस्थानमा

ग्रानाडाको मैदानमा घरेलु टिमविरुद्ध सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा उसले ग्रानाडामाथि ४-१ गोलको जित निकालेको हो।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- ग्रानाडाको मैदानमा घरेलु टिमविरुद्ध सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा उसले ग्रानाडामाथि ४-१ गोलको जित निकालेको हो।

रियलको जितका लागि मार्को एसेन्सियो, भिनिसियस जुनियर, नाचो फर्नान्डेस र फरल्यान्ड मेन्डीले गोल गरे। खेलको २० औं मिनेटमै टोनी क्रुसले दिएको पासको सदुपयोग गर्दै एसेन्सियोले अग्रता बनाएका थिए। क्रुसकै एसिस्टमा नाचोले पनि गोल गरे।

पहिलो हाफमा दुई गोलले अघि रहेको रियलले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो। यसपटक लुका मोड्रिचको पासमा भिनिसियसले गोल गरे। त्यस्तै, कासिमेरोले दिएको पासलाई मेन्डीले ७६ औं मिनेटमा गोल गर्दै रियलको खातामा चार गोल जम्मा गरे।

१० खेलाडीमा समेटिएको ग्रानाडाका लुइस जेभियर सुवारेजले ३५ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै ला लिगका शीर्षस्थानमा उक्लिएको रियलले ३० अंक बनाएको छ। ११ अंकका साथ ग्रानाडा १७ औं स्थानमा छ।

प्रकाशित: Nov 22, 2021| 08:34 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।