काठमाडौं- ग्रानाडाको मैदानमा घरेलु टिमविरुद्ध सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा उसले ग्रानाडामाथि ४-१ गोलको जित निकालेको हो।
रियलको जितका लागि मार्को एसेन्सियो, भिनिसियस जुनियर, नाचो फर्नान्डेस र फरल्यान्ड मेन्डीले गोल गरे। खेलको २० औं मिनेटमै टोनी क्रुसले दिएको पासको सदुपयोग गर्दै एसेन्सियोले अग्रता बनाएका थिए। क्रुसकै एसिस्टमा नाचोले पनि गोल गरे।
पहिलो हाफमा दुई गोलले अघि रहेको रियलले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो। यसपटक लुका मोड्रिचको पासमा भिनिसियसले गोल गरे। त्यस्तै, कासिमेरोले दिएको पासलाई मेन्डीले ७६ औं मिनेटमा गोल गर्दै रियलको खातामा चार गोल जम्मा गरे।
१० खेलाडीमा समेटिएको ग्रानाडाका लुइस जेभियर सुवारेजले ३५ औं मिनेटमा गोल गरेका थिए।
यो जितसँगै ला लिगका शीर्षस्थानमा उक्लिएको रियलले ३० अंक बनाएको छ। ११ अंकका साथ ग्रानाडा १७ औं स्थानमा छ।