काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिनभर प्रदेश नम्बर १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाए छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।