मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : प्रधानन्यायाधीश हटाउन बारले दलसँग आग्रह गर्ने, बैतडीमा जन्ती बोकेको जीप पल्टियो

बिहानी समाचार : प्रधानन्यायाधीश हटाउन बारले दलसँग आग्रह गर्ने, बैतडीमा जन्ती बोकेको जीप पल्टियो

कांग्रेस महाधिवेशन : आज ६० जिल्लाबाट तीन हजार प्रतिनिधि चयन हुँदै, बैतडीमा जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

नेपाल बार एसोसिएसनले न्यायालयमा देखिएको समस्या समाधानको पहल गर्न आग्रह गर्दै संसद्मा रहेका सबै दलहरूलाई सोमबार ज्ञापनपत्र बुझाउने भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो। प्रधानन्यायाधीशलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने बारले माग गर्दै आएको छ। जबरा विरुद्धको आन्दोलनमा बारले दलहरूको समर्थन खोजेपनि उनीहरुले अहिलेसम्म सर्वोच्च अदालतमा देखिएको विवाद निरुपणबारे ठोस धारणा बनाएका छैनन्। साताव्यापी आन्दोलन घोषणा गरेको बारको अगुवाईमा सोमबार पनि कानुन व्यवसायीहरूले सर्वोच्च अदालत अगाडी धर्ना दिइरहेका छन्। 

कांग्रेस महाधिवेशन : आज ६० जिल्लाबाट तीन हजार प्रतिनिधि चयन हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार ६० जिल्लाका १ सय १५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १४ वटा जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार अब बाँकी रहेका ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो।

यो अधिवेशनबाट झन्डै ३ हजार महाधिवेशन प्रतिनिधि छानिनेछन्। वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन्। कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ। करीव एक सय जना प्रतिनिधि मनोनयन हुने कार्यालय सचिव तामाङले बताए। एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ। 

बैतडीमा जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। देहिमाडौ|बाट जन्ती लिएर सीमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप गएराति दशरथचन्द नगरपालिकामा  दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै र एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।  घटनास्थलमै मृत्यु हुनेहरुमा दशरथचन्द -६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन्।

चार महिनामा १ लाख ३६ हजारले श्रम स्वीकृति लिए

चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ३६ हजारले श्रम स्वीकृति लिएको वैदेशिक रोजगारी विभागले जनाएको छ। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तेब्बरले बढी हो। विभागका अनुसार कात्तिकमा मात्रै ५५ हजारले श्रम स्विकृति लिएका छन्।

असोजमा ४०  तथा साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएका हुन्। चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ। सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन्। कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन्।

चीनको जन्मदर ४३ वर्षयताकै न्यून

चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ। सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसंख्या मन्त्रालयले जनाएको छ। सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो।

चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो। सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो। चीनको जन्मदर वर्षौैंदेखि घटिरहेको छ। उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठूलो अर्थतन्त्र भएको देश चीनमा दीर्धकालीन असर पार्ने विज्ञहरु बताउँछन्। 

'ए' डिभिजन लिग अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन सोमबार दुई खेल हुँदैछन्।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र एनआरटीबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ। हिजो भएको खेलमा मनाङ मसर््याङ्ग्दी फुटबल क्लब र ब्रिगेड बोईज क्लबले विजयी सुरुवात गरेका छन्। 

प्रकाशित: Nov 22, 2021| 11:07 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।