काठमाडौं– यूएईमा आज सुरु हुने विश्वकप एसियाली छनोटमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
दुवईस्थित आईसीसीको एकेडेमीमा आज बिहान सवा ११ बजेबाट सुरु हुने खेलमा नेपालले टस हारेको हो। टस जितेको हङकङले फिल्डिङ राजेको छ।
आज सोमबारबाट सुरु हुने आईसीसी विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पाँच खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो।
छनोटमा कुल ६ टिमको सहभागिता रहेको छ। त्यहाँ नेपालसहित, हङकङ, यूएई, भुटान, मलेसिया र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा नेपालले हङकङको सामना गर्न लागेको हो।