मंगलबार, फागुन २६, २०८२

न्युजिल्यान्डविरुद्ध भारतको क्लिन स्विप

रोहित शर्माको कप्तानीमा रहेको टिमले न्युजिल्यान्डलई लगातार तेस्रो खेलमा हराउँदै तीन खेलको सिरिज पनि क्लिन स्विप गरेको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- कोलकत्तामा आइतबार राति सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७३ रनले हराएको छ। रोहित शर्माको कप्तानीमा रहेको टिमले न्युजिल्यान्डलई लगातार तेस्रो खेलमा हराउँदै तीन खेलको सिरिज पनि क्लिन स्विप गरेको छ।

National life

तेस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले पुरा ओभर खेल्दै ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्ड १७ ओभर २ बलमै सम्पूर्ण विकेट गुमाएर १११ रन मा समेटियो।

भारतका लागि कप्तान शर्माले ५६ रन बनाए भने अर्का ओपनर इशान किसनले २९ रनको योगदान दिए। त्यस्तै, श्रेयस अयरले २५ र दिपक चहरले २१ रन बनाए।

यता न्युजिल्यान्डका मिचेल सन्तनरले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, एडम मिल्न, लकी फग्र्युसन र इश सोधिले समान १,१ विकेट गिराए।

जवाफमा न्युजिल्यान्डका मार्टिन गुप्तिलले ५१ रन बनाएर आउट भए। भारतका अक्षर पटेलले तीन, हर्षल पटेलले दुई विकेट लिए भने दिपक चहर, युजवेन्द्र चहल र वेन्कटेस अयरले समान १,१ विकेट गिराए।

Laxmi sunrise bank
kumari

सिरिजको पहिलो खेलमा पाँच विकेटको जित निकालेको इन्डियाले दोस्रो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। यससँगै इन्डियाले पछिल्ला ६ टी २० खेलमा लगातार जित निकालिरहेको छ।

प्रकाशित: Nov 22, 2021| 08:20 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।