काठमाडौं- सोलुखुम्बुकी पूजा फुयाल र बागलुङकी उषा सापकोटा यति बेला चर्चामा छन्। कांग्रेसको आसन्न महाधिवेशनका लागि भएको चुनामा विजयी भएका कारण सानै उमेरकाी यी दुई युवती राजनीतिक वृत्तमा चर्चामा रहेका हुन्।
सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। उनी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि विजयी भएकी छन्। खसआर्य महिलातर्फ उम्मेदवार बनेकी पूजाले ४०३ मत ल्याएकी थिइन्। प्रतिद्वन्द्वी टंकीमाया बस्नेतले पनि ४०३ मत ल्याइन्। निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पूजाले जितको सोलुखुम्बु कांग्रेसले जनाएको छ।
भक्तपुरस्थित सानोठिमी क्याम्पसमा अध्ययरत पूजा नेविसंघको राजनीति गर्छिन्। यसअघि उनी सोलुखुम्बुकै नेचा(सल्यान गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्। ‘महाधिवेशन प्रतिनिधि भएपछि मेरो जिम्मेवारी र भूमिका झन् बढ्नेछ। मैले अब जिल्लाभर काम गर्नुपर्नेछ,’ उनले भनिन्।
यस्तै बागलुङकी १८ वर्षीया उषा सापकोटा प्रदेशसभा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। उनले बागलुङको काठेखोला गाउँपालिका-५ की उषाले क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’बाट क्षेत्रीय प्रतिनिधि जितेकी हुन्। अब उनले मंसिर १६ र १७ मा हुने गण्डकी प्रदेश समितिको अधिवेशनमा मतदान गर्न पाउँछिन्।
‘म अहिले कुनै पनि चुनाव लड्दिनँ,’ उनले भनिन्, ‘पार्टीको उम्मेदवार जिताउन लाग्छु।’
उनले आफू कुनै पनि निर्वाचन नलड्ने बरू अरूलाई जिताउन लागिपर्ने बताइन्। ‘म अहिले कुनै पनि चुनाव लड्दिनँ,’ उनले भनिन्, ‘पार्टीको उम्मेदवार जिताउन लाग्छु।’
उषा काठमाडौं मोडेल कलेजमा अध्ययनरत छिन्। यसै वर्ष कांग्रेसको क्रियाशील सदस्य भएकी उनी यसअघि वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी थिइन्। प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उनले आफूभन्दा सिनियर नेता सीता थापालाई पराजित गरेकी हुन्। उनले भनिन्, ‘हाम्रो परिवारमै राजनीतिको प्रभाव छ, वरपर सबै कांग्रेस छन्,’ उनले भनिन्, ‘त्यही भएर मलाई पनि राजनीतिमा लाग्न सजिलो भयो।’
उनले पार्टीमा युवा आकर्षण हुनुपर्ने पनि बताइन्। अधिवेशनमा गुटगत राजनीति भए पनि आफू कुनै गुटमा नलाग्ने उनको भनाइ छ। उनी अहिले पढाइलाई अगाडि बढाउने र समय मिलाएर पार्टीलाई योगदान दिने बताएकी छन्।
प्रकाशित: Nov 22, 2021| 10:07 सोमबार, मंसिर ६, २०७८