डिभी एजुकेशनले मंगलबार कोरोना महामारीले प्रभावित भएको समाजलाई केही शारीरिक सचेतनासँगै व्यायामतर्फ आकर्षित गर्न शिक्षासँगसँगै सामुदायिक उत्तरदायित्व निर्वाह स्वरुप व्यायामशाला सञ्चालनमा ल्याएको जनाएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।
नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायताका सम्पूर्ण काम सकिएका छन्। वडा र पालिका अधिवेशन सकेर एमाले महाधिवेशनमा गएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १० औं महाधिवेशन आउन तीन दिन मात्रै बाँकी छ। चितवनको नारायणी नदी किनारमा एमाले महाधिवेशनका लागि दुई तले भव्य मञ्च बनाउने काम अन्तिम चरणमा रहेको...
सहमतिमार्फत पदाधिकारी चयनका लागि प्रयास गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले अब सहमतिका लागि आग्रह समेत गर्ने बताएसँगै मतदानमार्फत नेतृत्व चयन हुने पक्का भएको हो।
क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कोरोना संक्रमणमा कमी आएसँगै वैदेशिक रोजगारीका लागि विदेसिनेको संख्या बढेको छ। दैनिक ४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहचल पुग्ने गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका अवैधरुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका केही दिन अगाडि मात्रै सम्पन्न नगर अधिवेशनबाट एकजना युवा क्रियाशील सदस्यता पाएकै वर्षमा क्षेत्रीय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका छन्। उनी हुन् जनकपुरधाम उपमहानगरपालिका - ४ का निरजकुमार...
मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्।