शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनः प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि मंगलबार मोटरसाइकल र्‍याली गरिएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

चितवन- नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि मंगलबार मोटरसाइकल र्‍याली गरिएको छ।

युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ।

जिल्लाको विभिन्‍न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका थिए। 

नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्‍न भागको परिक्रमा गरेको थियो। 

एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए। भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ।

नेकपा एमालेको केन्द्रीय निर्देशनानुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा सङ्घले मोटरसाइकल र्‍याली निकालेको जनाइएको छ। महाधिवेशन मङ्सिर १२ गतेसम्म चल्ने छ।

प्रकाशित: Nov 23, 2021| 20:40 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...